नेपाल सरकार
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
      सुदुर पश्चिमांचल क्षेत्रीय स्वास्थ्य निर्देशनालय

जिल्ला स्वास्थ्य कार्यालय,दार्चुला



हाम्रो बारेमा
  नेपाल अधिराज्यको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अंञ्चलमा पर्ने दार्चुला जिल्ला एक दुर्गम हिमाली जिल्ला हो । महाकाली अंञ्चलका चार जिल्लाहरु मध्ये यो सुदूर उत्तरमा पर्दछ । एशियाका दुई शक्तिशाली राष्ट्र भारत र चीनसँग यस जिल्लाको सिमाना जोडिएको छ । दार्चुला जिल्लाको नाम दार्चुला जिल्ला कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण प्राप्त नभएतापनि विभिन्न किंबदन्तिहरु सुन्न पाइन्छन् । दार्चुला शब्द उच्चरण गर्दा दारचुला भए पनि स्थानीय भाषाको दुईवटा शब्द धार र चुला बाट विकसित भएको हो स्थानीय भाषामा धारको अर्थ पहाडको अग्लो चुचुरो र चुलाकोे अर्थ चुल्हो हुन्छ । यस भेगमा खाना पकाउन प्रयोग गरिने चुल्होहरु प्रायः एक समानका तिन ओटा ढुङ्गाहरुमा माटो पोतेर चुचुरोको आकारमा बनेका हुन्छन् । यसरी तिनै चुचुरो (धार) चुला पछि अपभं्रस भई दारचुला र त्यसपछि दार्चुला बन्न गएको हो । भन्ने एक थरिको भनाइ रहेको छ भने अर्को किम्बदन्ति अनुसार यहाँ स्थित तिन वटा पहाडका चुचुराहरु वर्तमानमा एक पहाड भारत र दुई वटा पहाड नेपाल मै रहेका छन् । फेदी बाट हेर्दा धार परेको जस्तो स्थानिय चुल्होको आकारमा चुचुरो देखिन्छ । प्राचिन कालमा व्याँस हिमालबाट ब्याँस ऋषि तपस्या गरी फर्कदा यी तिन धाराहरुको चुल्हो बनाई भात पकाई खाएको हुनाले यो ठाउँको नाम धारचुला रहन गएको र धारचूुला शब्द अपभं्रस भई दार्चुला रहेको हो भन्ने अर्को भनाई रहेको छ । दार्चुला जिल्लाको सिमाना चीनको चिव्वत क्षेत्र सित जोडिएको छ । तिब्बत सँग ब्यापार गर्ने यहाँको प्रमुख नाकाको रुपमा व्याँस क्षेत्र रहेको छ । व्याँसवाट तिब्वत क्षेत्रमा आवत जावत गर्दा एउटा भन्ज्याङ्ग पार गरी जानुपर्ने हुन्छ । जसलाई तिव्वती भाषामा “ला” भनिन्छ । यो भन्ज्याँङ्ग तिब्वत सित व्यापार गर्ने द्वार (बाटो) भएकोले द्वार र ला शब्दहरु मिलि दार्चुला नाम रहन गएको हो भन्ने पनि अर्को भनाई रहेको पाईन्छ । दार्चुला जिल्लाको सिमाना पूर्वमा बझाङ पश्चिममा भारतको पिथौरागढ, उत्तरमा तिब्बत (चीन) र दक्षिणमा बैतडी जिल्ला जोडिएको छ भने भु भाग २९ड्ढ ३६ुदेखि ३०ड्ढ १५ु उत्तरी अक्षांस र ८०ड्ढ २२ु देखि ८१ड्ढ०९ु पूर्वि देशान्तर रेखाहरुको वीचमा फैलिएको छ । कुल क्षेत्रफल २३२२ वर्ग कि.मि.रहेको दार्चुला जिल्लाको औषत लम्बाई ९२.५ कि.मि.रहेको छ । भौगोलिक दृष्टिकोणले दार्चुला जिल्लालाई नदीले बनाएको फाँट तथा वेशिहरु, पहाडी भाग, लेकाली र हिमाली भाग गरि ४ भागमा वाड्न सकिन्छ । यस जिल्लामा महाकाली, चौलानी, तिंकर खोला, कालागाड, थालिगाडा, नौगाड, लाश्कुखोला, भरतोला, होपरीगाड, फतंगाड, मकरिगाड, लगायत ५० बटा भन्दा बढी खोलानालाहरु छन् र तालहरुमा अपी ताल, पांङ्सा दह, ब्रहमदह, शिवताल प्रमुख हुन । पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण मानिने दार्चुलाका प्रमुख पर्यटकिय क्षेत्रहरुमा अपी हिमाल ७१३२ मी.(घुषा), व्यास हिमाल ६७७० मी. (व्यास), नाम्पा ६७५४ मी. (व्यास), महलको भग्नावशेष (उकु), सुरमासरोवर ताल (खण्डेश्वरी), लिपु लेक ५००० मी., धर्मी गुफा (खण्डेश्वरी), मालिकार्जुन धाम, लटिनाथ मन्दिर, कौवालेक , तिंकर भन्ज्याङ्ग, थाईसेन, दुधीवन, शिव ताल, ब्रहम दह आदि आदि रहेका छन भने खलंगा बजार, गोकुलेश्वर, तिंकर, छाङरु, जौलजिवी, पस्ति, दल्लेख, लटिनाथ, पारीवगर, खण्डेश्वरी, ऐरीछाना, घोटेटा(हुति), बलाच, गन्ना आदि यहाँका प्रमुख व्यापारिक केन्द्रहरु रहेका छन ।   

हाम्रो बारेमा